काठमाडौं । अस्ट्रेलिया आईसीसीको टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।
आईसीसीको पछिल्लो वरीयतामा भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो ।
यस्तै भारत टेस्ट वरीयताको दोस्रो स्थानमा छ । यसैगरी इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा यथावत् छन् ।
टेस्ट वरीयताको ब्याटरतर्फ न्युजिल्यान्डका केन विलियमसन शीर्ष स्थानमा यथावत् छन् ।
Leave a Reply