Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा संघीय सरकारलाई नै लगाउने मेयर्स फोरमको निर्णय

काठमाडौं । काठमाडौं भ्याली मेयर्स फोरमले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य संघीय सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ।

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको भ्याली मेयर्स फोरमको छैटौं बैठकले उक्त निर्णय गरेको हो।

बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेस्टमेन्ट बोर्डले काठमाडौँ महानगरपालिकालाई कार्यान्वयनका निमित्त पठाए पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै फोहोर व्यवस्थापनको बाँकी काम गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

पीडिए गर्नका लागि धेरै नेपवेस्टले धेरै सर्तहरु प्रस्ताव प्रस्ताव गरेको तथा स्थानीय पालिकाहरुले नेपवेस्टको मागअनुसारको जग्गा दिन नसक्ने र नेपवेस्टको टीओआर (टर्म अफ रेफेन्स) बनाउँदा कुनै पनि पालिका संलग्न नभएकाले यस विषयमा बाँकी काम नेपाल सरकारले नै गर्नेगरी उपत्यका भित्रको सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्नको निमित्त सरकारलाई नै अनुरोध गर्ने निर्णय फोरमले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077