काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
विधानको मस्यौदाबारे केन्द्रीय कमिटीबाट पारित प्रस्ताव र राष्ट्रियसभा निर्वाचनको उमेदवारका विषयमा छलफल हुनेछ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उमेदवारी मनोनयन हुँदै छ ।