Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री नेपाल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

विदेशमन्त्री जयशंकरसँग बिहीवार साँझ भेटवार्ता भएको हो ।

नेता नेपालले भेटमा विकास र प्रगतिका समस्या समाधानका लागि सहकार्यका संभावित क्षेत्र एवम् द्विपक्षीय हितका विविध विषयमा संक्षेपमा कुराकानी भएको जनाएका छन् ।

‘बिहीवार नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भयो । उक्त भेटमा विकास र प्रगतिका समस्याहरू समाधानका लागि सहकार्यका संभावित क्षेत्रहरू एवम् द्विपक्षीय हितका विविध विषयमा संक्षेपमा कुराकानी भयो,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077