काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ ।
राष्ट्रियसभा निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको हो ।
विधानको मस्यौदाबारे केन्द्रीय कमिटीबाट पारित प्रस्ताव र राष्ट्रियसभा निर्वाचनको उमेदवारका विषयमा छलफल हुनेछ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उमेदवारी मनोनयन हुँदैछ ।