Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • राष्ट्रियसभामा गठबन्धनसँग एमालेले माग्यो ६ सिट, एमालेलाई सिट दिन माधव नेपाल असहमत

    राष्ट्रियसभामा गठबन्धनसँग एमालेले माग्यो ६ सिट, एमालेलाई सिट दिन माधव नेपाल असहमत

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 948
    SHARES

    काठमाडौं । राष्ट्रियसभामा गठबन्धनसँग प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ६ सीट मागेको छ ।

    एमालेले राष्ट्रियसभाको माघ १९ गते हुने निर्वाचनमा ६ सिट मागेको हो।



    बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले ६ सिट मागेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रिफिङ गरेका छन्।



    आज गठबन्धनको निष्कर्षविना टुंगिएको छ । आज बसेको कानून समितिको बैठकमा टीआरसी विधेयक टुंग्याउने सहमति बने एमालेलाई सीट दिन सकिने गठबन्धनको शर्त छ ।

    तर गठबन्धनमा रहेका अन्य दलले एमालेले पहिला पनि संसदीय समितिमा आफुले भाग पाए टीआरसी विधेयक अघि बढाउने बताएर २ वटा समिति दिएपनि पछि बहानावाजी गरेको बताएका थिए ।

    एमालेलाई समेटेर जाने कुरामा कांग्रेस र माओवादी सकारात्मक देखिएपनि एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ । यद्यपि आज साँझ कांग्रेस, माओवादी र एमालेबिच राष्ट्रियसभाको सिट बाँडफाँटका विषयमा छलफल गर्न बैठक बस्दै छ ।

    एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न सकेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार