Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टीआरसी विधेयक र काण्डबाट बच्न सत्ता गठबन्धनलाई एमालेको साथ चाहियो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टीआरसी विधेयक र केही काण्डबाट बच्न सत्ता गठबन्धन दलहरूले एमालेको साथ खोजेको टिप्पणी गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत् उनले हिजो आफूहरूले कोशी प्रदेशमा नेकपा एमालेसँग सहकार्य गर्दा विरोध गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न खोजेको बताएका हुन् ।

उनले कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरूले आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेको बताए ।

एमालेसँग मिल्नुका पछाडि गठबन्धन दलका आआफ्नै स्वार्थ रहेको उनको भनाई छ । कुनै दलको नामै नलिई उनले भनेका छन्, 'सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ ।'

आगामी माघ ११ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनसँगै एमालेलाई पनि भाग मिलाएर लैजाने प्रयास भइरहेको छ । यसबारे छलफल गर्न आजै प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077