Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • कमलबजार प्रहरीले थाल्यो घरघरमा सम्पर्क नम्बरसहितको ‘स्टिकर टाँस’ अभियान

    कमलबजार प्रहरीले थाल्यो घरघरमा सम्पर्क नम्बरसहितको ‘स्टिकर टाँस’ अभियान

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 1.3K
    SHARES

    अछाम । ईलाका प्रहरी कार्यालय कमलबजारले घरघरमा प्रहरीका सम्पर्क नम्बरअंकित स्टिकर टाँस गर्ने अभियानको सुरुवात गरेको छ ।

    नागरिक-प्रहरीबीचको सम्बन्ध थप बलियो बनाउन ईलाका प्रहरी कार्यालय कमलबजारको आयोजना र कमलबजार नगरपालिकाको सहयोगमा सो अभियान सुरुवात गरिएको हो ।



    आज बुधबार पहिलो दिन कमलबजार नगपालिका वडा नम्बर १ मुलीस्थित अल्पसंख्यक माझी समुदायको घरबाट घरघरमा प्रहरीको सम्पर्क नम्बर टाँस गर्ने अभियानको शुभारम्भ गरिएको ईलाका प्रहरी कार्यालय कमलबजारको प्रमुख वीरेन्द्र जोहारीले जानकारी दिए ।



    उनका अनुसार कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख शारदा कुमारी बिष्ट, वडाध्यक्ष अध्यक्ष र प्रहरी निरीक्षक जोहारीसहितको प्रहरी टोलीले अभियान सुभारम्भ गरेको थियो ।

    प्रहरीको छिटो छरितो सेवा लिन, समाजमा दबिएर लुक्न सक्ने घटनाको शिघ्र सूचना प्राप्त गर्न र नागरिक-प्रहरीबीको सम्बन्ध थप कसिलो बनाउन घरघरमा प्रहरीको सम्पर्क नम्बर टाँस गर्ने कार्यक्रम सुरु गरिएको प्रहरी निरीक्षक जोहारीले बताए ।

    कमलबजार नगरपालिकाका १० वटै वडाको हरेक घरमा सुरक्षा नम्बर भएको स्टिकर टाँस गरिने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार