Online Nepal
  • शनिबार, २० पुष २०८१
  • अख्तियारले मधेशमा गर्‍यो भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया

    अख्तियारले मधेशमा गर्‍यो भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 951
    SHARES

    काठमाडौं । मधेश प्रदेशमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधामको सभाहलमा कार्यक्रम भएको हो ।

    अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईको अध्यक्षता र मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम भएको थियो ।



    उक्त कार्यक्रममा बोल्दै मधेश प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेलेसबै राष्ट्रसेवक कर्मचारीहरूले जनताहरूको अपेक्षा पूरा गर्न जनकेन्द्रित भएर जिम्मेवारीपूर्ण ढङ्गले प्रतिबद्ध भई काम गर्नुपर्ने बताउँदै अनियमितताको विषयलाईसबैले जिम्मेवार भएर चिर्न आवश्यक रहेको उल्लेख गरे ।



    यस्तै मुख्यमन्त्री यादवले कार्यक्रमको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मधेश प्रदेश सरकारको तर्फबाट धन्यवाद दिँदैआफ्नो नेतृत्वमा रहेको सरकारबाट बजेटको दुरुपयोग नहुने कुरामा आश्वस्त पारे । उनले अर्को आर्थिक वर्ष देखि उपभोक्ता समित मार्फत काम गर्ने योजनाहरूलाई शुन्यमा झार्ने सोच राखेको उल्लेख हुँदै प्रदेश सरकारले ठूला योजनाहरू मात्र प्राथमिकतामा राख्ने बताए ।

    मधेश प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जाहेर गर्दै आयोगको छानविन कार्यमा आफ्नो सरकारबाट पूर्ण सहयोग रहने उनले बताए । यसैगरी उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले सहभागीहरूले राखेको जिज्ञासालाई सम्बोधन गर्दै आयोगमा परेका उजूरीलाई तथ्य र प्रमाणका आधारमा छानबिन गरी टुंगो लगाउने बताए ।

    उनले नीतिगत निर्णय के हो के होईन ? भन्ने विषयमा परिभाषित हुन आवश्यक रहेको उल्लेख गर्दै प्रदेश तहमा हुने नीतिगत निर्णय प्रदेश मन्त्रिपरिषद्‍बाट र प्रशासनिक निर्णय तत् तत् प्रशासनिक तहमै हुने कुराको सुनिश्चितता गरी प्रशासनिक निर्णयलाई मन्त्रिपरिषद्‍मा लैजाने कुराको अन्त्य हुनुपर्ने बबताए ।

    साथै उनले उपभोक्ता समितिमार्फत काम गराउँदा उपभोक्ता समितिको क्षमताले गर्न सक्ने काम मात्र दिने र उपभोक्ता समितिले पाएको कार्यलाई अरुलाई ठेक्का दिन नपाउने व्यवस्था गर्न जरुरी रहेको उल्लेख गरे । उपभोक्ता समिति मार्फत हुने कार्यमा लागत साझेदारी, मेशिनरी तथा उपकरणको प्रयोग, जमानत धरौटी, मूल्य अभिवृद्धि कर बिलको आधिकारिकता लगायतका विषयमा समेत ध्यान दिन आवश्यक रहेको औंल्याउनु उनको भनाई छ ।

    सरकारी कार्यालयहरूको संस्थागत स्मरण कमजोर रहेको औंल्याउँदै उनले यसलाई बलियो बनाउन सबैले ध्यान दिन आवश्यक रहेको बताए । भ्रष्टाचार नियन्त्रण गर्न मानसिक रुपमा तयार रहन र कार्य शैलीमा सुधार गर्न आवश्यक रहेको कुरामा जोड दिंदै आयोगबाट संचालन हुने यस्ता कार्यक्रमबाट मधेश प्रदेशमा हुने विकृति रोकिनेमा आफू विश्वस्त रहेको उनले बताए ।

    कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासका कार्यालय प्रमुख सहसचिवराम बहादुर कुरुम्वाङले सहभागीहरूलाई स्वागत गर्दै कार्यपत्र प्रस्तुत गरेका थिए । साथै,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुपरिटेण्डिङ ईन्जिनियर लक्ष्मी प्रसाद उपाध्यायले आयोगको समग्र विवरण सहितको कार्यपत्र प्रस्तुत गरे ।

    सो कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, अर्थमन्त्री संजय कुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहको उपस्थिति रहेको थियो ।

    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंह, उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सिहासन साह कलवार, गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिम, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव, श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंह, विभिन्‍न स्थानीय तहका प्रमुख, उपप्रमुखहरू, प्रदेश सरकारका सचिवहरू तथा संघीय तथा प्रादेशिक कार्यालयका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार