काठमाडौं । पतञ्जलि योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन्।
बालकृष्णले नेपालको समृद्ध भविष्यको योजनाका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसहित मन्त्री, सांसद, मुख्यसचिव लगायतसँग बृहत् छलफल भएको जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा भेटघाटको फोटो पोस्ट गर्दै बालकृष्णले नेपालको समृद्धिमा पतञ्जलिले कसरी योगदान पुर्याउन सक्छ भन्ने विषयमा धेरै समसामयिक विषयमा योजनाबद्ध छलफल भएको बताएका छन्।
Leave a Reply