Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साताको चौथो दिन २७ अंकले बढ्यो नेप्से

काठमाडौं । कारोबार साताको चौथो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० विन्दुमा कायम भएको छ। कारोबार रकम भने अघिल्लो दिनकै बराबर ४ अर्ब ४ करोड रुपैयाँको भएको छ ।

सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो ।

अंकका आधारमा बैंकिङ ४, विकास बैंक ४३, फाइनान्स ३०, होटल तथा पर्यटन १४७, हाइड्रोपावर ७१, जीवन बीमा ८१, उत्पादन १२३, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा २२१, अन्य २३ र ब्यापार समूह ५ अंक बढे ।

९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र पन्चकन्या माइ हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.६, भूगोल इनर्जीको ९.३, माउन्टेन इनर्जीको ८.८, सगरमाथा जलविद्युतका् ८.७, नेपाल रिपब्लिक मिडियाको ८.२ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077