Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रास्वपाका सभापति लामिछानेलाई खोया हान्ने रानाभाट छुटे

    रास्वपाका सभापति लामिछानेलाई खोया हान्ने रानाभाट छुटे

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 1.1K
    SHARES

    कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाट छुटेका छन् ।

    उनी मंगलबार साधारण तारेखमा छुटेका हुन् । कास्की जिल्ला प्रशासनले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको कास्की प्रहरीले जनाएको छ ।



    गत पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोया प्रहार गरेका थिए ।



    त्यसपछि पक्राउ परेका रानाभाटलाई लामिछानेले नथुन्न र कारबाही नगर्न भनेपनि प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि भन्दै १० दिनको म्याद थपेको थियो ।

    उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको थियो । प्रशासनको आदेशपछि उनी आज साधारण तारेखमा रिहा भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार