बुटवल । बुटवलमा माइक्रो बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
मंगलवार दिउँसो बुटवल ८ मिलनचोकमा भएको उक्त दुर्घटनामा मृत्यु भएका व्यक्तिको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलले जनााएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने बस र चालक कृष्ण कंडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साइकल यात्रीको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
Leave a Reply