Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३० अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार ३० अंकले घटेको छ ।

आइतबारदेखि नै निरन्तर ओरालो लागेको नेप्से सूचक मंगलबार ३०.०५ अंकले घट्दै २०३०.१० विन्दुमा झरेको हो ।

सोमबार ८.७५ अंकले घटेको नेप्से मंगलबार १.४५ प्रतिशतले नकारात्मक रहेर २०३०.१० अंकमा कायम भयो ।

यस्तै सेन्सिटिभ इन्डेक्स ४.५४ अंकले घटेर ३८०.५३ अंकमा कायम भएको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्सेले पटकपटक सुधारको प्रयास गरेपनि दिनैभर रातो देखिएको थियो ।

कारोबारमा आएका २ सय ५ स्क्रिप्टको सेयर मूल्य घट्दा नेप्से घटेको हो । यसदिन ३७ वटाको मूल्य बढेका छन् भने ३ स्क्रिप्टको भाउ यथावत रहे । बढ्नेमा सीईबीडी चिख्र्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ र लक्ष्मी लघुवित्तको सेयर अगाडि रहे ।

नेप्से घटेको दिन दिनभर ८५ हजार ४ सय ३५ कारोबारमार्फत् ३ सय ५ स्क्रिप्टका १ करोड ११ लाख ८५ हजार ७ सय १२ इकाइ सेयर ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९ सय २२ रुपैयाँमा किनबेच भए । कारोबार रकम गत बिहीबारको तुलनामा ४४ करोड रुपैयाँ कम हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077