Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीले भन्यो - रूपान्तरण अभियानले जनतामा आशा पलाएको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनतामा आशाको झिल्को देखिएको बताएका छन्। चार महिने अभियान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सो कुरा बताएका हुन्।

प्रवक्ता सापकोटाले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल भएको दाबी गरे।

प्रवक्ता सापकोटाले भने, ‘जनतालाई माओवादी चुनावमा मात्रै होइन अरु बेलामा पनि आउने रहेछन् भन्ने परेको छ। आशाको झिल्को देखिएको छ, संगठन बनेका ठाउँमा सक्रिय भएका छन् नभएका ठाउँमा बनेका छन् । केही पलायन भएपछि अभियानको क्रममा उल्लेख्य संख्यामा पार्टी प्रवेश गरेका छन्।’

उनले अभियानको क्रममा पार्टीभित्र, जनवर्गीय संगठन, मोर्चाभित्रका अन्तरविरोधहरू सतहमा आएर समस्या समाधानको जवरजस्त आधार तय भएको बताए।

उनले पालिकास्तरबाटै अभियानको प्रतिवेदन लेख्ने काम भइरहेकाले सबैको आफूहरू बैठक राखेर समीक्षा गर्ने बताए ।

जनताले भ्रष्टाचारविरुद्ध सरकारले थालेको अभियानलाई अझ सशक्त रूपमा गम्भीरतासाथ अगाडि बढाउन सुझाव आएको माओवादीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077