Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मन्त्री र सांसदले नै निषेधाज्ञा तोडेपछि…

    मन्त्री र सांसदले नै निषेधाज्ञा तोडेपछि…

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 672
    SHARES

    काठमाडौं । सरकारी निकायले जारी गरेको निषेधाज्ञा माइतीघर मण्डलामा मन्त्री र सांसदहरूले सोमबार तोडेका छन् ।

    गृह मन्त्रालयअन्तर्गतको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र सांसदसमेत रहेका राष्ट्रिय जनमत पार्टीका अध्यक्षसहित सांसदहरूले तोडेका हुन् ।



    हरेक वर्ष इस्वी संवत्को नयाँ वर्षको दिन आफ्नो पार्टीले धोती दिवस मनाउँदै आएको भन्दै धोती दिवस लेखिएको ब्यानर लिएर मन्त्री यादव र सांसद राउत सहभागी भएका थिए। धोती लगाएर माइतीघर निषेधित क्षेत्रमा गरेको र्यालीको अगुवाइ गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।



    निषेधित क्षेत्रमा भेला भएपछि प्रहरीले प्रदर्शनकारीलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग मन्त्री, सांसदको धकेलाधकेल भएको थियो । माइतीघर निषेधित क्षेत्रभन्दा पर आर्ट काउन्सिल अगाडि रहेका राउतसहित टोलीलाई ओर्लिनेबित्तिकै प्रहरीले धरपकड गर्न शुरू गरेको थियो ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईले मंसिर ७ गते माइतीघर मण्डलामा आन्दोलन गर्ने घोषणा गरेलगत्तै त्यसको प्रतिकार गर्दै नेकपा एमाले निकट युवा संगठनले सोही स्थानमा अर्को प्रदर्शनी गर्ने तय गरेको थियो । जिल्लाको समग्र सुरक्षा व्यवस्थापन जिम्मा स्थानीय प्रशासन ऐन २०२८ ले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

    जिल्लाको वस्तुस्थिति कस्तो छ, कस्ता रणनीति र उपाय अपनाउँदा शान्तिसुरक्षा र अमनचयन राख्न सकिन्छ भनेर प्रजिअले नै सोहीअनुसार निर्णय गर्ने, आदेश दिने प्रावधान रहेको छ । त्यसपछि प्रशासनले मंसिरको पहिलो साता माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गरेको थियो ।

    प्रशासनले जुलुस, प्रदर्शनी गर्न नपाउने निषेधित क्षेत्रको दायरा मिति थप दुई महिनाका लागि बढाउँदै लगेको पृष्ठभूमिमा हिजो मन्त्री र सांसदले निषेधित क्षेत्र तोडेका थिए । शुरूमा एक महिनाको लागि निषेधित क्षेत्र तोकेको प्रशासनले पछिल्लोपटक पुस ४ देखि फागुन ४ सम्म निषेधित क्षेत्र तोकेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार