Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छात्रवृत्तिमा १८ लाख भ्रष्टाचार गर्ने मदरसाका प्रधानाध्यापकविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेका एक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर २ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रधानाध्यापक जोलाहले विभिन्न आर्थिक वर्षमा तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक लगायतका शीर्षकमा साविक जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकम हिनामिना गरेका आयोगको दाबी छ ।

आयोगका अनुसार आव २०७०/०७१ देखि २०७४/०७५ सम्म शिक्षकको तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको १८ लाख ३ हजार ७४१ रुपैयाँ हिनामिना भएको छ ।

लेखापरीक्षण प्रतिवेदनले आफ्नो नाममा पेश्की बेरुजु औंल्याएको रकमसमेत जोलाहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाँसँगको मिलेमतोमा हिनामिना गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

आयोगले दुवै जनालाई कैद र बिगोसमेत असुल उपरको मागदाबीसहित आरोप पत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077