Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको चार महिने रूपान्तरण अभियान आज सकिँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ आज सकिँदैछ ।

जनतासँग सम्बन्धविच्छेद भएर पार्टी बिग्रिएको निष्कर्षसहित नेकपा माओवादी केन्द्रले सुरू गरेको अभियान मूलभूत रूपमा सफल भएको निचोड निकालेको र आज समापन गर्न लागिएको हो ।

महासचिव देव गुरूङका अनुसार सोमबार आ–आफ्नो ठाउँमा भोला, बैठक राख्ने र समीक्षासहित अभियानको समापन हुँदैछ ।

माओवादीले गत भदौ १७ गतेदेखि मंसिर १७ सम्मका लागि तीन महिने अभियान सुरू गरेको थियो । अभियानप्रति जनताको साथ–समर्थन रहेको निष्कर्ष निकाल्दै थप एक महिना लम्ब्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077