काठमाडौं । नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ ।
पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनमा कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो ।
कांग्रेसले आज काठमाडौंको प्रज्ञाभवनमा हुने कार्यक्रममा संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरुबिच मेलमिलाप भन्ने नारा तय गरेको छ । आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रम हुनेछ ।
कार्यक्रममा वक्ताका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर रहेका छन् ।
कांग्रेसले कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी जनमत पार्टी लगायतलाई भने आमन्त्रण गरेको छैन ।