कैलाली । शुक्रबार भएको बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिका-१ का वीरेन्द्र शाहको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रदेश सरकारले २३ वर्षीय शाहको परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले शाहको निधनले आफू दुखी भएको बताउँदै परिवारजनको पीडामा मल्हम लगाउन दुई लाख रुपैयाँ राहत दिने बताए ।
शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस कार्यालय अगाडि भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शाहको उपचारको क्रममा मृत्यु भएको थियो ।
केन्द्र सरकारले आन्दोलनका क्रममा मारिएका दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई जनही १० लाख दिने निर्णय गरिसकेको छ ।
तर उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, गोली चलाउन आदेश दिने अधिकारीलाई कारवाही गर्नुपर्ने, मृतकलाई शहिद घोषणा गरिनुपर्ने मागसहित आफन्तहरुले आन्दोलन चर्काएका छन् ।
Leave a Reply