Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद

    विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 681
    SHARES

    कञ्चनपुर । परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका विपिन जोशीको सकुशल रिहाईका लागि सरकारको तर्फबाट गर्ने सबै प्रयास भइरहेको बताएका छन्।

    परराष्ट्रमन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरुसँग निरन्तर पहल गरिरहेको बताएका हुन्।



    परराष्ट्रमन्त्री साउदले भने,’इजरायल लगायत शाक्तिराष्ट्रसँग विपिनको रिहाइका लागि प्रयास गरिरहेका छौं । प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफैं गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु।’



    उनले दोस्रो युद्ध विरामा विपिनको रिहाइ हुनेमा आफू विश्वस्त रहेको बताए। कार्यक्रममा विपिनका आमाबुबाले समेत मन्त्री साउदसँग भेट गरेर विपिनको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए।

    उनले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे । परराष्ट्रमन्त्री साउदले अहिले छिमेकीसँगको सम्बन्ध समेत सन्तुलित रुपमा अघि बढिरहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार