Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • बालकुमारी घटना : राज्य व्यवस्था समितिले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बोलायो

    बालकुमारी घटना : राज्य व्यवस्था समितिले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बोलायो

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनाको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्दैछ ।

    समितिको सोमबार बिहान साढे ९ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री श्रेष्ठलाई छलफलका लागि बोलाइएको हो । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले गोली लागेर दुई युवाको मृत्यु भएपछि सरकारको चर्को आलोचना भइरहेको छ ।



    छलफलका लागि गृहमन्त्रीसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई पनि बोलाइएको समितिले जनाएको छ । यो समितिको सभापति कांग्रेस नेता रामहरी खतिवडा छन्।



    पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाले उत्पादनमूलक कामको भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार