Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • बालकुमारी घटनामा मारिएका वीरेन्द्र र सुजनको सम्झनामा दिप प्रज्वलन

    बालकुमारी घटनामा मारिएका वीरेन्द्र र सुजनको सम्झनामा दिप प्रज्वलन

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 1.8K
    SHARES

    कैलाली । ललितपुरको बालकुमारी घटनामा मारिएका दुई युवाको सम्झनामा कैलालीमा दिप प्रज्वलन गरिएको छ ।

    धनगढीस्थित पार्क मोडमा युवाहरुले प्रहरीको गोली लागेर मारिएका अछामका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको सम्झनामा दिप प्रज्वलन गरिएको हो ।



    साथै घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । यस्तै कैलालीको अत्तरियामा पनि दिप प्रज्वलन गरिएको छ ।



    यता मृतकका आफन्तहरुले आफ्ना माग पुरा नभएसम्म शव पनि नबुझ्ने अडान लिएका छन् । शनिबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पीडित परिवारजनले भेट गरेका छन् ।

    भेटमा पीडित परिवारजनले घटनाको सत्यतथ्य र निश्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा पीडित परिवारका साथै अछाम र दैलेख जिल्लाका सङ्घीय सांसद्को पनि सहभागी थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार