Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सभापति रवि लामिछानेले सरकारलाई सोध १० प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई विभिन्न १० प्रश्न गरेका छन् । शनिबार राति उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई विभिन्न १० प्रश्न गरेका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेराम्याक्स घोटाला, वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्डलगायत सरकारको नालायकीपनको उदाहरण भएको भन्दै यसका दोषी उम्काउने को हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

‘हुँदा हुँदा पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने ?’, लमिछानेले प्रश्न गरेका छन्, ‘आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ?’

साथै उनले आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको जानकारी दिए । 'पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ। रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ, हुन्छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077