Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • प्रधानमन्त्रीसँग मृतकका आफन्तले भने – न्यायिक छानबिन समिति गठन र सहिद घोषणा गरियोस्

    प्रधानमन्त्रीसँग मृतकका आफन्तले भने – न्यायिक छानबिन समिति गठन र सहिद घोषणा गरियोस्

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रहरीको गोली लागेर शुक्रबार ललितपुरको बालकुमारीमा मारिएका वीरेन्द्र शाह र सुजन राउतका आफन्तले न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

    शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगी मृतकका आफन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग न्यायिक छानबिन समिति गठन गर्न माग गरेका हुन् । उनीहरुले प्रहरी नेतृत्वमा बनेको छानबिन समिति नमान्ने भन्दै न्यायिक समिति गठनको माग गरे ।



    मृतकका आफन्तहरुले प्रहरीको नेतृत्वमा बनेको समिति नमान्ने, दोषीमाथि कडाभन्दा कारबाही हुनुपर्ने र मृतकलाई सहिद घोषणा गर्नु माग गरेको बताइएको छ ।



    यस्तै, रोजगारीमा विदेश जाने विषयको आन्दोलनमा शाह र राउतको ज्यान गएको भन्दै उनीहरूका परिवारलाई रोजगारीको व्यवस्था गर्न समेत आफन्तको माग छ ।

    इपीएस परीक्षाका विषयमा शुक्रबार बालकुमारीमा प्रदर्शनका घटनामा परी जिल्ला अछाम चौरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं बस्ने वर्ष २१ का वीरेन्द्र शाह र जिल्ला दैलेख महाबु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ का सुजन राउतको मृत्यु भएको थियो । दुवै शव आफन्तले बुझ्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार