Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • बालकुमारी घटना : प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन, प्रहरीको गाडीमा आक्रमण

    बालकुमारी घटना : प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन, प्रहरीको गाडीमा आक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 1.3K
    SHARES

    रुपन्देही । प्रहरीको बल प्रयोगबाट राजधानीमा दुई युवा मारिएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियु, रुपन्देहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला दहन गरेको छ ।

    शनिवार साँझ राँके जुलुससहित सडकमा निस्किएका विद्यार्थीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् ।



    बुटवल बहुमुखी क्याम्पसबाट निकालिएको जुलुसपछि विद्यार्थीहरूले पुत्ला दहन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले दुई विद्यार्थीलाई गिरफ्तार गरेपछि आक्रोशित प्रदर्शनकारीले प्रहरीको गाडीमाथि आक्रमण गरेका थिए ।



    आक्रमणबाट प्रहरीको गाडीमा सामान्य क्षति भएको छ । शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूलाई प्रहरीले गोली हान्दा चौरपाटी गाउँपालिका-१ का टेक बहादुर शाह र दुर्गा देवी शाहका कान्छा छोरा २२ वर्षीय शाहको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको थियो ।

    यस्तै दैलेखको महावु गाउँपालिका वडा नं. ६ का भक्त बहादुर रावत र नन्द कुमारी रावतका जेठा छोरा सुजन रावतको प्रदर्शन कै क्रममा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार