Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • देशको अर्थतन्त्र सुधारको बाटोमा छ : अर्थमन्त्री महत

    देशको अर्थतन्त्र सुधारको बाटोमा छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 624
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिले अर्थतन्त्र सुधारोन्मुख बाटोमा रहेको दाबी गरेका छन् ।

    कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र भावी दिशाबारे प्रतिवेदन पेस गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।



    अर्थमन्त्री महतले भने,’मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन् । आर्थिक वृद्धि खुम्चिएर १.८६ प्रतिशत पुगेको अवस्थामा मैले कार्यभार सम्हालेको हुँ । चालु आर्थिक वर्षमा एशियाली विकास बैंकको प्रक्षेपण अनुसार पनि ४.३ रहने अनुमान छ । हाम्रो लक्ष्य ६ प्रतिशतसम्म पुर्‍याउने भन्ने हो ।’



    अर्थमन्त्री महतले आफूले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेको दाबी गरे । अर्थमन्त्री महतले आफूले कार्यभार सम्हालेपछि राजस्व वृद्धि भएको र राजस्व परिचालनमा देखिएको शिथिलता सुधारोन्मुख भएर गएको दाबी गरे ।

    अर्थमन्त्री महतले स्रोत व्यवस्थापनमा देखिएको दबाव न्यून हुँदै गइरहेको र बाह्य क्षेत्र सन्तुलन कायम रहेकाले यसबाट आगामी दिनमा मुलुकको अर्थतन्त्र गतिशील हुँदै जाने आशाको सञ्चार गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार