Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • बालकुमारी घटना : मृतकको परिवारलाई जनही १०–१० लाख दिने सरकारको निर्णय

    बालकुमारी घटना : मृतकको परिवारलाई जनही १०–१० लाख दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 843
    SHARES

    काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ राहत दिने भएको छ ।

    शुक्रबारको घटनापछि शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति समावेदना व्यक्त गरेको हो ।



    बालकुमारी घटनाका घाइतेको स्वास्थ्य लाभको कामना पनि सरकारले गरेको छ। घाइतेको सम्पूर्ण उपचार खर्च पनि गर्ने निर्णय गरेको छ। त्यसबापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।



    बैठकले घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भन्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

    मन्त्री शर्माका अनुसार बैठकले घटनाका सम्बन्धमा निष्पक्ष छानविन गरी कारबाही गर्न र भविष्यमा यस्ता घटना हुन नदिने निर्णय समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार