झापा । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरू मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–११ निवासी २९ वर्षीय मनिस मोक्तान र सोही ठाउँका ३७ वर्षीय रीगबहादुर दर्जी रहेका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राती पौने ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प ३६४८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेका थिए।
चेकजाँचको क्रममा उनीहरूबाट १०० ग्राम १५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो।
मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Leave a Reply