Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • बालकुमारी घटनाबारे बालुवाटारमा उच्चस्तरीय छलफल जारी

    बालकुमारी घटनाबारे बालुवाटारमा उच्चस्तरीय छलफल जारी

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 801
    SHARES

    काठमाडौँ । शुक्रबार बालकुमारीमा भएको घटनालाई लिएर बालुवाटारमा उच्चस्तरीय बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा बैठक बसेको हो ।

    बैठकमा गठबन्धन दलका मुख्य नेतृत्वहरु, उपप्रधानमन्त्रीहरु, सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा प्रमुखहरूको सहभागिता छ ।



    प्रधानमन्त्री प्रचण्डले हिजो नै यो घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घटनाका विषयमा सत्य तथ्य छानबिन गर्न निर्देशन दिएका थिए ।



    आन्दोलनका क्रममा प्रहरीको गोली लागी अछामको चौरपाटी गाउँपालिका १ बस्ने वर्ष २१ को वीरेन्द्र शाह र भागदौडका क्रममा दैलेखको महावु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार