काठमाडौँ । तीन दिनसम्म चलेर शुक्रबार सम्पन्न नेकपा (एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठकले विभिन्न समसामयिक २० प्रस्ताव पारित गरेको छ ।
पार्टी विधान संशोधन मस्यौदामाथिको छलफल र सुझाव संकलनका लागि बोलाएको बैठकमा विधान संशोधनका विषयमा ११ प्रश्नको जवाफ खोजिएको थियो ।
बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले विधानबारे आएका सुझावलाई केन्द्रीय परिषद् बैठकमा प्रस्तुत गरिने र आगामी जेठमा हुने राष्ट्रिय सम्मेलनबाट विधान अनुमोदन गर्ने जानकारी दिए ।
साथै, बैठकले २० बुँदे समसामयिक प्रस्ताव पारित गर्दै विभिन्न विषयमा सरकारकारको ध्यानाकर्षण गराएको छ ।
यस्ता छन् पारित २० प्रस्ताव :