Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • बालकुमारी घटनाको जिम्मा सत्तामा भएका सबैले लिनुपर्छ, गृह मन्त्रालयको अक्षमता उदाङ्गियो :रवि लामिछाने

    बालकुमारी घटनाको जिम्मा सत्तामा भएका सबैले लिनुपर्छ, गृह मन्त्रालयको अक्षमता उदाङ्गियो :रवि लामिछाने

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दुई युवा मारिएको घटनाको जिम्मा सत्तामा रहेका सबै दलले लिनुपर्ने टिप्पणी गरेका छन् ।

    दुई होनहार युवा देश छाड्न खोज्दै रहेपनि सरकारले संसार छाड्नु पर्ने बनाइदिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले यो राज्यले गरेको हत्या भएको बताए ।



    कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएकाको सामान्य माग पनि समयमा पूरा गर्न नसक्दा घटना भएको लामिछानेको भनाइ छ ।



    ‘आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ। घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उत्तिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला’, रविले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनु पर्ने स्थिति देख्दा मर्माहत भएको छु। शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना । गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन । तर परिवारलाई राहत दिइयोस्। परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा पनि सरकारको ध्यानाकर्षण होस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार