Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सडक मर्मतमा अनियमितता गर्ने बालुवा डिपो सञ्चालकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवा डिपोका सञ्चालकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ स्थित राजाडिल सडक खण्ड मर्मत कार्यमा बालुवा डिपो सञ्चालक सुसान्त कुईकेलसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सडक निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु अध्यक्ष लक्ष्मण अधिकारी, सचिव प्रेमप्रसाद भण्डारी र सदस्य मोहन प्रसाद कुईकेलले सेवाग्राहीसँग एक लाख रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

गोकर्णेश्वर नगरपालिकासँग गरिएको सम्झौता विपरीत सो सडक निर्माण ठेक्का सम्पन्न गरी नगरपालिकाबाट रकम भुक्तानी लिइसकेपछि सेवाग्राहीले गरेको कामको भुक्तानी गर्ने शर्तमा उनीहरुले सो रकम लिएको अख्तियारका प्रवक्ता घिमिरेले बताए।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम एक लाख रुपियाँ कायम गरी कैद र जरिवानाको मागदाबी लिइ विशेष अदालत काठमाडौंमा बिहीबार आरोपपत्र दायरि गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077