Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाका उपरथी निर्मलकुमार थापा रथीमा बढुवा सिफारिस

काठमाडौं । नेपाली सेनाका उपरथी निर्मलकुमार थापा रथीमा बढुवाका लागि सिफारिस भएका छन्।

रथीमा रिक्त रहेको पदपूर्तिका लागि थापालाई बढुवा सिफारिस गर्न सार्वजनिक सूचना जारी गरिएको हो ।

बढुवा समितीले बुधबार थापाको नाम सिफारिस गर्दै ७ दिने सूचना निकालेको छ । थापा ज्येष्ठ उपरथी थिए ।

सीताराम खड्काले अनिवार्य अवकाश पाएपछि सेनामा रथीको एउटा दरबन्दी रिक्त बनेको थियो । नेपाली सेनामा रथीको दुईवटा दरबन्दी रहेकामा अशोकराज सिग्देल यसअघि नै बढुवा भइसकेका थिए ।

ज्येष्ठताका आधारमा सिग्देल आगामी प्रधानसेनापति बन्ने लाइनमा उभिएका छन् । सिग्देल बढुवा हुनुअघि रिक्त पदका लागि ताराध्वज पाण्डेलाई पनि सिफारिस गर्न सूचना प्रकाशन गरेको थियो।

जन्ममिति विवादमा परेपछि पाण्डेले राजीनामा दिएका थिए। उनको राजीनामापछि सिग्देलको पनि जन्ममिति विवाद आएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077