भोजपुर । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ ।
ढलानको तयारी रहेको षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका जोड्ने पुल आज भत्किएको हो ।
फर्मा भाँचिएपछि पुल तल खसेको भोजपुर प्रहरीले जनाएको छ ।
घटनामा मानवीय क्षति भने भएको छैन ।
Leave a Reply