सर्लाही । सर्लाहीमा एक वृद्धको आफ्नै गोठमा शव फेला परेको छ ।
टाउकोमा चोट लागेको अवस्थामा हरिपुर्वा नगरपालिका–३ पूर्वी धनकौलका ७५ वर्षीय राजनारायण रायको शव आफ्नै गोठमा फेला परेको हो ।
उनको मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो ३ बजे राय गोठमा मृत अवस्थामा फेला परेका थिए।
घटना शंकास्पद देखिएकाले तालिम प्राप्त कुकुर मगाएर मात्र शव उठाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घरबाट उनको गोठ करिव एक किलोमिटर टाढा छ । गोठ गाउँको एकान्तमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Leave a Reply