काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सातौं बैठक आज पनि बस्दैछ ।
आज बिहान ११ बजेदेखि ललितपुरको ग्वार्खोमा सुरू हुने बैठकमा विधानको मस्यौदामाथि छलफल हुने भएको हो ।
विधानमाथिको छलफलका लागि एकीकृत समाजवादीले प्रश्नावली केन्द्रीय सदस्यलाई उपलब्ध गराएको छ ।
एकीकृत समाजवादीभित्र केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्य आ–आफ्ना निर्वाचन क्षेत्रबाट चुनिएर प्रतिनिधिका रूपमा आउनुपर्ने आवाज उठेको छ ।
त्यस्तै उमेरहदमाथि पनि बहस छ। नेतृत्वपंक्ति कार्यकारी कमिटीमा उमेरहद नराख्न सहमत भइसकेको छ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३ सय ३७ सदस्यीय छ । बैठक भोलिसम्म जारी रहने बताइएको छ ।