Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • यी तीन न्यायाधीशमाथि छानबिन हुने, समिति गठन

    यी तीन न्यायाधीशमाथि छानबिन हुने, समिति गठन

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 747
    SHARES

    काठमाडौं । न्यायपरिषद्ले तीन न्यायाधीशहरू अम्बिका निरौला, परशुराम भट्टराई र राजकुमार कोइरालामाथि विस्तृत छानबिन गर्ने भएको छ ।

    परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो ।



    समितिको सदस्यहरूमा प्रकाशकुमार ढुंगाना, परिषद्का सचिव देवेन्द्र ढकाल र तिलप्रसाद श्रेष्ठ रहेका छन् ।



    परिषद्ले प्रारम्भिक छानबिनमा तीन न्यायाधीशले विभिन्न समयमा गरेको फैसलामा कैफियत देखिएपछि विस्तृत छानबिन गर्ने निर्णय गरेको हो ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश निरौलाले बाबुराजा रावल अपहरण मुद्दाका प्रतिवादी रमिटरब्याजी गणेश उप्रेतीलाई सफाइ दिएको फैसलामा कैफियत देखिएको परिषद्ले जनाएको छ। नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार