Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समाजवादी मोर्चाको संयोजकमा माधव नेपाललाई यथावत राख्ने निर्णय

काठमाडौं । समाजवादी मोर्चाले संयोजकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई यथावत राख्ने निर्णय गरेको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाललाई संयोजकमा यथावत राख्ने निर्णय गरेको हो।

गत असार २३ मा नेपाल छ महिनाका लागि मोर्चाको संयोजक चुनिएका थिए ।

नेकपा माओवादी‚ नेकपा एकीकृत समाजवादी‚ जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा बनाउँदा ६र६ महिना नेतृत्व गर्ने निर्णय गरेका थिए । तर बुधबारको बैठकले नेपाललाई नै संयोजक बनाएको हो।

यस्तै ४७ जिल्लामा मोर्चा गठन भइसकेकाले बाँकी जिल्लामा पनि मोर्चा गठन गर्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077