Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१७ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

काठमाडौं । लगातार कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।

बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १७ अंक घटेको हो ।

सो अंकको गिरावटपछि नेप्से २०७० अंकमा कायम भएको छ । दिनभर कुल ५ अर्ब २४ करोड रुपैयाँको कारोबार भयो ।

आइतबार ७ अर्ब ११ करोडको धितोपत्र कारोबार भएको थियो । ब्यापार समूह सबैभन्दा धेरै २.३ प्रतिशत घट्यो ।

निर्जीवन बीमा र म्युचुअल फण्डबाहेकका सबै समूह घटेका छन् । बैंकिङ १०, विकास बैंक १२, फाइनान्स १३, होटल तथा पर्यटन ८८, जलविद्युत् ०.६, लगानी १, जीवन बीमा १२६, उत्पादन ११०, माइक्रोफाइनान्स ४५, अन्य २० र ब्यापार समूह ६९ अंक घटे ।

निर्जीवन बीमा भने १३१ अंक अर्थात् १.१ प्रतिशत बढेको छ । समग्र सेयर बजार घट्दा पनि ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

नेपाल इन्स्योरेन्स, इनिफिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा, माइखोला हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी र त्रिशुली जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077