Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बेलबारीमा एकैरात तीन वटा सुन पसलमा चोरी

    बेलबारीमा एकैरात तीन वटा सुन पसलमा चोरी

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 888
    SHARES

    विराटनगर । मोरङको बेलबारीमा एकैरातमा तीन वटा सुन पसलमा चोरी भएको छ । मंगलबार राति बेलबारी नगरपालिका– १ मा रहेका तीन वटा सुनपसलमा चोरी भएको हो ।

    मोरङ प्रहरीका अनुसार पसल फोडेर चोरी भएको छ। चोरीमा संलग्नको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।



    बेलबारी–१ स्थित नेत्रप्रसाद दाहालको घरमा डेरा गरेर बस्ने छत्रबहादुर विकले सञ्चालन गरेको न्यू बराइली ज्वेलर्स एण्ड कारखाना, ईश्वरी चौलागाईंको घरमा डेरा बस्ने रत्नमाया सुनार र किरण सुनारले सञ्चालन गरेको नवरत्न ज्वेलर्स र कुलबहादुर दर्नालले सञ्चालन गरेको न्यू वराह ज्वेलरीमा एकैरात चोरी भएको हो ।



    न्यू बराइली ज्वेलर्सबाट चाँदीको बुटी १०० वटा (अन्दाजी २५ तोला), तामाको बुटी १०० वटा (अन्दाजी ३ सय ग्राम) र ४ आनाको सुनको पोते चोरी भएको छ । नवरत्न ज्वेलर्सबाट करिब एक किलो बराबरको सुन र चाँदीका सामग्री तथा गहना चोरी भएको छ ।

    ज्वलेर्सबाट ४ आनाको सुनको जन्तर, १ तोला ५ आना काँचो सुन तथा चाँदीका सिक्री, ब्रासलेट, पाउजू, औंठी, बुटिकका सामग्री, करुवा, दियो, चम्चा, चुरा, कल्लीसमेत चोरी भएको छ ।

    कुलबहादुर दर्नालले सञ्चालन गरेको न्यू वराह ज्वेलरीबाट ११ किलो बराबरको चाँदीबाट बनेका गहना र सामग्री चोरी भएको छ ।

    चाँदीबाट बनेको खड्कुँलो, करुवा, गाग्री, थाली, बटुका, चुरा, पाउजू, कल्ली, कम्मर बेल्ट, औंठी, बिच्छी, लकेट, ब्रासलेटलगायत चोरी भएको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार