Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चार करोड २० लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

चार करोड २० लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दाको फैसलाउपर आयोगलाई चित्त नबुझेको भन्दै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा अख्तियारको निर्णय अनुसार आइतबार सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

चुडामणि शर्माले सार्वजनिक सेवा अवधिमा तीन करोड ६३ लाख ७२ हजार ९६१ रुपियाँ आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । सो रकमको तुलनामा विभिन्न शीर्षकमा गरिएको अर्च तथा लगानी सात करोड ९३ लाख २७ हजार ८५ रुपियाँ देखिएको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।

शर्माको आयभन्दा बढी खर्च तथा लगानी गरेको चार करोड २९ लाख ५४ हजार १२४ रुपियाँ देखिएको अख्तियारले जनाएको छ।

उक्त सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको देखिँदा शर्माले भ्रष्टाचार निवारण ऐन बमोजिमको कसूर गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।

शर्माले सार्वजनिक सेवाको पदमा रही आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमति कल्पना उप्रेती शर्मा समेतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण बमोजिम प्रतिवादी शर्माका श्रीमति कल्पनालाई प्रतिवादी कायम गरी उक्त सम्पत्ति जफत हुन मागदावी लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077