Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे बागलुङ कालिका मन्दिर दर्शन

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवतीको पूजा गरेका छन् ।

पोखरा बागलुङ राजमार्गबाट पैदलै मन्दिर पुगेर राष्ट्रपति पौडेलले पूजा गरेका हुन्।

उक्त अवसरमा बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का र उपाध्यक्ष निसान खड्काले राष्ट्रपतिलाई मन्दिरको ऐतिहासिक महत्त्वबारे जानकारी गराए।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहितका अधिकारीले राष्ट्रपतिको स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077