Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • आफ्नै पत्नीसँग अप्राकृतिक यौन सम्पर्क गरेको आरोपमा पतिलाई ९ वर्षको जेल सजाय

    आफ्नै पत्नीसँग अप्राकृतिक यौन सम्पर्क गरेको आरोपमा पतिलाई ९ वर्षको जेल सजाय

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 2.2K
    SHARES

    एजेन्सी । भारतस्थित छत्तीसगढको दुर्ग जिल्लाको फास्ट ट्र्याक अदालतले श्रीमतीसँग अप्राकृतिक यौनसम्बन्ध राखेको आरोपमा श्रीमानलाई ९ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

    यसबाहेक श्रीमतीलाई कुटपिट गर्ने श्रीमानलाई एक वर्ष कैद र एक हजार रुपैयाँ जरिवाना पनि तिर्नुपर्नेछ ।



    साथै श्रीमतीलाई कुटपिटको कसुरमा उनलाई १ वर्ष कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय पनि हुनेछ।



    भारतमा वैवाहिक बलात्कार र अप्राकृतिक यौन दुर्व्यवहारको बहस चलिरहेका बेला शनिबार उक्त फैसला आएको हो ।

    सोमबार नै राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय न्यायिक संहितासहित तीनवटा विधेयकलाई आफ्नो स्वीकृति दिएकी छन् ।

    नयाँ भारतीय न्याय संहितामा, अप्राकृतिक यौन कार्यको धारा ३७७ खारेज गरिएको छ।

    बीबीसी हिन्दीले उल्लेख भएअनुसार दुर्ग अदालतको पछिल्लो फैसलापछि निमिश अग्रवाललाई जेल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार