Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी बन्दरगाहमा युक्रेनी आक्रमण, युद्धपोतमा क्षति

एजेन्सी । युक्रेनको आक्रमणबाट एउटा रुसी युद्धपोतमा क्षति पुगेको छ ।

रुसको रक्षा मन्त्रालयका अनुसार ब्ल्याक सी को एउटा बन्दरगाहमा रहेको युद्धपोत युक्रेनी हवाई आक्रमणबाट क्षतिग्रस्त भएको हो ।

ड्रोन बोकेको आशङ्कामा क्राइमियामा रहेको रुसी युद्धपोतमाथि आक्रमण गरेको युक्रेनले जनाएको छ ।

यसअघि सन् २०२२ को मार्चमा पनि युक्रेनले रुसको एउटा युद्धपोतमा आक्रमण गरी ध्वस्त बनाएको थियो ।

रुसले सन् २०२२ को फेब्रुअरी महिनादेखि युक्रेनमा सैन्य आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077