Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • हिरासतबाट नेपाली भागेपछि चारजना प्रहरी निलम्बित

    हिरासतबाट नेपाली भागेपछि चारजना प्रहरी निलम्बित

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 3K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । लागूऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एकजना प्रहरी हिरासतबाट भागेपछि चारजना प्रहरी निलम्बनमा परेका छन् । भारतको बिहारमा ७.४७ केजी गाँजासहित दुईजना नेपाली पक्राउ परेका थिए ।

    ती मध्ये एकजना हिरासतबाट फरार भएपछि दुई सब-इन्स्पेक्टरसहित चारजना प्रहरी निलम्बनमा परेका हुन् । निलम्बनमा पर्ने प्रहरी अधिकारीहरूमा सब इन्स्पेक्टर अकसम अनसारी र हरेकृष्ण सिंह यादव तथा कन्सटेबलद्वय चन्दन कुमार र शालिग्राम कुमार छन् ।



    पूर्वी चम्पारण प्रहरीका अनुसार प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको छ । नेपालको पर्सा जिल्लाका सुदर्शन साह र लालबाबु ठाकुरलाई रामगर्वाह प्रहरीले हरिशंकर वर्मा कलेज नजिकैबाट गाँजासहित पक्राउ गरेको थियो ।



    उनीहरुलाई मोतिहारीमा अदालतसामु उपस्थित गर्नका लागि लैजाँदै गर्दा सगौलीमा दुईजना भागेका थिए । दुईमध्ये ठाकुरलाई पक्राउ गरिए पनि साह भने त्यहाँबाट फरार भएका रहेका छन् । उनको खाजी कार्य जारी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार