Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – मेरो हुटहुटीअनुसार सरकारले काम गर्न सकेको छैन्

    प्रधानमन्त्री प्रचण्डले भने – मेरो हुटहुटीअनुसार सरकारले काम गर्न सकेको छैन्

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 684
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो हुटहुटीअनुसार सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्।

    मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘म देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन। तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन।’



    बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी रहेका पूर्वाधारको चिन्तामा रहेको प्रधानमन्त्री प्रचण्डले बताए।

    उनले नेपाली समाजमा अत्यन्त चिन्ताजनक र चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको बताए ।

    उनले देशमा सबै नराम्रो मात्र भइरहेको वातावरण बनाउने प्रयास भइरहेको टिप्पणी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार