Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सिन्धुलीमा पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

    सिन्धुलीमा पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 2.6K
    SHARES

    सिन्‍धुली । सिन्‍धुलीमा बिजुलीको पोलमा बाँधेर एक महिलामाथि निर्घात कुटपिट भएको छ ।

    लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४ की शारदा थापामाथि पोलमा बाँधेर निर्घात कुटपिट भएको हो ।



    थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार जिल्ला प्रहरी कार्यालय सिन्‍धुलीको टोली गाउँमा पुगेको थियो । थापालाई बाँधेर राखेकै अवस्थामा प्रहरीले उद्दार गरेको छ ।



    प्रहरीले कुटपिटमा संल्गन उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए ।

    पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।

    त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार