Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री महतले भने – देशको अर्थतन्त्र सुधारोन्मुख छ, निर्धक्क भएर लगानी गर्नुहोस्

    अर्थमन्त्री महतले भने – देशको अर्थतन्त्र सुधारोन्मुख छ, निर्धक्क भएर लगानी गर्नुहोस्

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 540
    SHARES

    चितवन । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् ।

    भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री महतले सो कुरा बताएका हुन् । अर्थमन्त्री महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताए।



    अर्थमन्त्री महतले भने, ‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ। यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्यांकले देखाएको छ ।’



    लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले बताए । अर्थमन्त्री महतले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको स्पष्ट गरे ।

    सेयरबजार विस्तारै माथि गइरहेको भन्दै अर्थमन्त्रीले घरजग्गा कारोबारमा सुधार भएको बताए । अथाह सम्भावनाको पर्यटन क्षेत्रमा लगानी गर्न उनले आह्वान गरे ।

    विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको भन्दै उनले विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको दोहोर्‍याए । राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको अर्थमन्त्री महतले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार