Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पोखरामा कारको ठक्करबाट दुईजना पैदल यात्रीको मृत्यु

पोखरा । पोखरामा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

पोखरा ५ पस्र्याङको सिद्धार्थ बैङ्क अगाडी बा १३ च ३७२१ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा बागलुङ ढोरपाटन घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि कार चालक फरार छन् भने कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077